प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक



काठमाडाैं   ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।

साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्टै उनले सात दलका नेतालाई छलफलका लागि बोलाएका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार अहिले बिहान ११ बजेका लागि सात दलको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्