आपराधिक विश्वासघातको आरोपमा अनमोललाई आज अदालत पेश गरिने



आर्थिक आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आज आइतबार अदालतमा हाजिर गराउने भएको छ।

रावायण नामक निर्माणाधीन फिल्मबाट एडभान्सवापत १० लाख रुपिया“ लिए पनि छायांकनमा सहभागी हुन नमानी आपराधिक विश्वासघात गरेको भन्दै सो फिल्मको निर्माण संस्थाले गत ७ गते अनमोलविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो। स्रोतका अनुसार प्रहरीले चार दिनदेखि छलफलका लागि बोलाए पनि अनमोल अटेर गरी मूलकोट, सिन्धुली, रामेछाप, मन्थली, चरिकोट, कालिञ्चोक पुगेका थिए। शुक्रबार सा“झ कालिञ्चोकबाट काठमाडौं फर्कने क्रममा सूचनाका आधारमा उनलाई सा”गाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनमोललाई पक्राउ गरि“दा उनीस“ग दुई साथी पनि उनको कारमा थिए। अनमोललाई भक्तपुरको सा“गाबाट सा“झ सा“ढे ५ बजे नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले सञ्चार माध्यमलाई जानकारी गराएका छन्।

निर्माता निर्देशक सुदर्शन थापाको निर्माणमा निर्माणाधीन फिल्म रावायणको निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिका तर्फबाट चन्द्रकला (सुप्रिया) कटुवालसहित सोही फिल्मका केही कलाकार र प्राविधिकले दिएको जाहेरीका आधारमा पक्राउ परेपछि अनमोल विसन्चो भएको भन्दै शुक्रबार राति नै वसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। अभिनेता केसी प्रहरी निगरानीमा सो अस्पतालको पा“चौं तल्लास्थित डिलक्स रूममा बसिरहेका छन्। तर, अनमोल र उनको परिवारको आग्रहमा अस्पताल प्रशासनले उनी त्यहा“ भर्ना भएको सूचना लुकाएको छ। अस्पतालले अनमोल आपूmकहा“ भर्ना नभएको जनाइरहेकै बेला कतिपय फिल्मकर्मीले उनलाई सो अस्पतालको डिलक्स रुमको शय्यामा भेटेका छन्। अस्पतालमा अनमोलस“ग उनको परिवारका सदस्यहरू पनि छन्। अस्पताल भर्ना गरिनुअघि अनमोललाई प्रहरीले नया“ बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले सञ्चार माध्यमलाई जानकारी गराएअनुसार पटक–पटक आग्रह गर्दा पनि अनमोल सम्पर्कमा नआएपछि उनलाई पक्राउ गरिएको हो। ‘जाहेरी परेपछि पटक–पटक छलफलका लागि बोलाउ“दा पनि नआएपछि पक्राउ पूर्जी जारी गरेर उहा“लाई नियन्त्रणमा लिएका हौ“’ एसएसपी राठौरको भनाइ छ। फिल्मको निर्माण पक्षले अनमोललाई प्रमुख भूमिकामा राखी निर्माण कार्य शुरु गर्दा एक करोड १५ लाख रुपिया“ खर्च भइसकेको जनाएको छ। निर्माता निर्देशक सुदर्शन थापाका अनुसार रावायणमा खेल्नका लागि अनमोलले चेकमार्फत १० लाख रुपैया“ लिएका थिए। उनले चेकबाट भुक्तानी लिई सपिङमा खर्च गरेरसमेत सुटिङका लागि समय नदिएको सुदर्शनले नेपाल समाचारपत्रलाई जानकारी गराए।

अभिनेता अनमोल केसीले आपराधिक विश्वासघातको आरोपमा पक्राउ पर्नुअघि उच्च अदालत पाटनबाट पक्राउ नगर्न जारी निषेधाज्ञाको अन्तरिम आदेश लिएको पाइएको छ। अनमोलले दुई दिनअघि गत १० गते उच्च अदालतबाट सो आदेश लिएको पाइएको हो। ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएकाले प्रचलित कानुनबमोजिम फौजदारी कसुरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउ“मा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’ उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासको आदेशमा उल्लेख छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले भने अनमोललाई देवानी प्रकृतिमा नभई आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको जनाएको छ। अनमोलमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्