विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला, विद्यालय परिसर तनावग्रस्त



काठमाडाैं ।

सुर्खेतको एक निजी विद्यालयको होस्टेलमा बस्ने बालक मृत फेला परेका छन्।

वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का सलाम पुलामी मगर हुन्।

उनी सोही विद्यालयमा कक्षा २ मा पढ्थे। प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४ बजे बालक होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बालकको शव‌ अहिलेसम्म उठाइएको छैन। आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन्।आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। आफन्तहरूले विद्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्