चीन भ्रमण पुरा गरी काठमाडौं आइपुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) बिहान काठमाडौं आइपुगेका छन्।

प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा थिए । उनको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महास‌ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्य थिए।

एक सातो लामो चीन भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली शनिबार बिहान स्वदेश आइपुगेको हो।

प्रतिक्रिया दिनुहोस्