दुई किलो ७०० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो

उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए ।