सचिवमा उम्मेदवारी दिएका डण्डी शर्माले फिर्ता लिए उम्मेदवारी

0
Shares

काठमाडौं ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको सचिव पदको उम्मेदवारी दिएका डण्डी शर्माले आफ्नो उम्मेदवार फिर्ता लिएका छन्।

प्रदेश निर्वाचन कार्यालयकाअनुसार शर्माले सचिव पदको उम्मेदवारी फिर्ता लिएका हुन्। नेताहरुका अनुसार सचिव पदमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

निर्वाचन अधिकृत मातृकाप्रसाद खनालका अनुसार अन्य पदाधिकारीमा हालसम्म कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।