एमाले कर्णाली अधिवेशन नेतृत्व चयनका लागि आज मतदान हुँदै

0
Shares

सुर्खेत ।

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

अधिवेशनका लागि गठित निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि मतदान हुनेछ भने मतदान साँझ ६ बजेसम्म हुनेछ ।

शनिबार बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भए पनि सार्वजनिक भइसकेको छैन ।

अधिवेशनमा विभिन्न मोर्चा सङ्गठन र जिल्लाबाट छानिएका ६०४ जना प्रतिनिधिहरू सहभागी छन् । उनीहरुले नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मत परिणाम आइतबार सार्वजनिक गरिने निर्वाचन कार्यतालिका छ ।