घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

0
Shares

काठमाडौँ।

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो ।