एमाले बागमती अधिवेशन : मतदान सकियो, परिणाम आजै आउने

0
Shares

काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शुक्रबार दिनभर भएको मतदानमा एक हजार १३१ मत खसेको बताइएको छ । कुल मतदाता एक हजार १७२ जनामध्ये ४२ जना अनुपस्थित भएका छन् ।

मतदानको परिणाम आजै राति १० बजेसम्ममा आइसक्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए । अध्यक्ष पदका लागि मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएका छन् ।