राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

0
Shares

काठमाडौँ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि का.वा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्र्यहरु गर्ने गरी जिम्मेवारी तोकेका छन् ।

यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ ।