एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

0
Shares

काठमाडौँ।

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

बिहीबार नै मतदान हुने भनिएता पनि सहमतिका लागि भन्दै मतदान आजका लागि तय गरिएको थियो । बिहान ८ बजे हुने भनिएको निर्वाचन प्रक्रिया केहीबेर अघि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।

प्रदेश कमिटीको अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्रै प्रतिस्पर्धा भएको छ । त्यसैगरी सचिवमा हस्त पण्डित र नवराज सिलवाल उम्मेदवार रहेका छन् ।