राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकबाट बिहीबार अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जीवित देवदेवी गणेश, भैरव र कुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएपछि रथयात्रा गरिएको थियो ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल जुद्ध सालिकबाट हि“डेर वसन्तपुर पुग्नुभएको थियो । राष्ट्रपति इन्द्रजात्रामा जुद्ध शालिकबाट हिँडेर वसन्तपुर जानुभएको यो पहिलोपटक हो । उहा“लाई काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोलले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, काठमाडांै महानगरपालिकाका मेयर बालेन शाहलगायत हि“डेर वसन्तपुर गएका हुन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरू भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो । परम्पराअनुसार गरिने कुमारी, गणेश, भैरवलाई पूजा गरीे रथारोहण गराइएको थियो । रथ काठमाडौं भित्री बस्तीको तल्लो टोल चिकंमुगल, जैसिदेवल, ज्याबहाल, लगनटोल, ब्रम्हटोल, कोहिटी आरोलो, भीमसेनस्थान, मरुहिटी हु“दै वसन्तपुर पु¥याइएको थियो ।

आज शुक्रबारका दिन अपराह्न ३ : ०० बजेपछि तिनै जीवित देवदेवीका रथहरू माथिल्लो टोलका वसन्तपुर, प्याफल, नरदेवी, टंगाल, न्हयोखा, किलागल, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन हु“दै वसन्तपुर पु¥याइने छ । असोज १५ गते सोमबारका दिन नानिचायाःमा अपराह्न करिब ३ बजेपछि फेरि तिनै रथहरूलाई परम्परा बमोजिम विभिन्न स्थानको परिक्रमा गराइसकेपछि सा“झ राष्ट्रपतिबाट कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम रहेको छ । सोही दिन राति ८ : ३७ बजे इन्द्रध्वज पतन गरी यस वर्षको इन्द्रजात्रा पर्वका सबै कार्यक्रमहरू समापन गरिने छ ।

नेपाल पञ्चा· निर्णायक समितिले निकालेको साइतमा लि·ोका लागि रूख काट्न वनयात्रा गरेपछि यस जात्राको प्रक्रिया शुरू हुन्छ । वनयात्रा, रूख कटान, लि·ो नगर प्रवेश लगायतका विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिन्छ । जात्राका अवसरमा पुलिकिसी, लाखे नाच, दश अवतार नाचलगायत सांस्कृतिक झा“की र नाचगान हुने गर्दछ ।