युनाइटेड गाेल्डकप फुटबल प्रतियोगिताको उपाधि सेन्ट्रल कलेजलाई 

0
Shares

नवलपरासी ।

युनाइटेड गाेल्डकप फुटबल प्रतियोगिताको उपाधि सेन्ट्रल कलेज अठ्ठाईस बिगाहाले उचालेकाे छ । प्रतियोगिताको बिहीबार  सम्पन्न फाईनल खेलमा सेन्ट्रलले प्रतिस्पर्धी नवज्योति युवा क्लब हसाैरालाई १ का विरुद्ध २ गोल गर्दै उपाधि हात पारेको हो ।

पूर्वी नवलपरासीको हुप्सेकाेट स्थित युनाइटेड युवा क्लब गिरूवारीले सञ्चालन गर्दै आएको युनाइटेड गाेल्डकपकाे याे सैतिसाैं श्रृङखला हो ।
उपाधिसँगै विजयी समूहलाई शिल्ड प्रमाणपत्र सहित २ लाख २५ हजार ५ सय ५५ नगद पुरस्कार हात लागेको छ ।

स्वास्थ्यका लागि खेलकुद- राष्ट्रका लागि खेलकुद भन्ने मूलमन्त्रसहित सुरु भएकाे फुटबल प्रतियोगिताको समापन समारोहमा हुप्सेकाेट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह रानाको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सेन्ट्रलकै जितेश गुरूङ्ग, सर्वाजित गोलकर्ता र उत्कृष्ट गोलकिपर नवज्योतिका आशिष महतो र  राहुल मुखिया घोषित भएका छन् ।
गत भदौ २२ गतेदेखि सुरु  उक्त फुटबल प्रतियोगितामा विभिन्न  २० क्लबको सहभागिता रहेको थियो ।