राहत शिक्षकहरुद्वारा माइतीघरमा प्रदर्शन

0
Shares

काठमाडौँ।

राहत शिक्षकहरुले आफ्नो आन्दोलन आज बिहीबार पनि जारी राखेका छन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।