इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर आइपुगेका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत हिँडेर वसन्तपुर गएका हुन् ।

इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलोपटक हो ।

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्