येँया अर्थात् इन्द्रजात्रा 



येँयाः अर्थात इन्द्रजात्रा शुरु भइसकेको छ । जात्रामा हनुमानढोका दरबार र त्यस वरपरमा तल्लो र माथिल्लो टोल जात्राले सजिसजाउ भएको छ । हनुमानढोका मुख्यद्धारसँगै रहेको श्वेत्त भैरवको मुखबाट प्रसाद स्वरूप जाँड र रक्सी खानेको भीड लागेको छ ।
जात्राको पहिलो दिन उपाकु सकिएको छ । हिजो कुमारीको विधिवत् पूजा गरेर जात्रा आरम्भ भएको छ । जात्राको मुख्य दिन आज हो । जात्रामा २० विदेशी र २२ स्वदेशी पाहुनाको उपस्थिति रहेको छ । ती पाहुनाहरू काठमाडौं महानगरपालिकको निमन्त्रणामा जात्रा अवलोकन गर्न आएका हुन् । २० जना कोरिया, अमेरिका र चीनका भगिनी सम्बन्ध भएका शहरका प्रमुख र उपप्रमुख  हुन् ।
बाँकी नेपाली पाहुना काठमाडौं मानगरपालिकाको भगिनी सम्बन्ध कायम भएका ७ प्रदेशका स्थानीय तहको मेयर र उपमेयरसहित स्थानीय जनप्रतिनिधिको उपस्थिति रहनेछ । जात्रामा प्रत्यक्ष सहयोग गर्ने ३६ संस्था छन् । ७१ वटा स्थानीय संघ संस्थाले जात्रा व्यवस्थापन गरिरहेका छन् । जात्रा सम्पन्न गर्न स्थानीय युवा गणपतिलाल श्रेष्ठको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । यो समिति इन्द्रजात्राको पूजा व्यवस्थापन बाहेकको हो । इन्द्रजात्राको कार्यक्रम अनुसार ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा ३३ फिटको लिङगो ठ्ड्याउने काम सम्पन्न भइसकेको छ  ।  १० गते जीवित देवता कुमारी, गणेश र भैरवको पूजा सकिएको छ । जात्राको अन्तिम दिन १५ गते जात्रासंगै राति ८ बजेर ३७ मिनेटमा लिंगो ढालेपछि यो वर्षको जात्रा सकिनेछ ।
यो समितिले जात्रा सम्पन्न गर्न सम्पूर्ण काम गर्नेछ । १५ गतेसम्म सञ्चालन हुने जात्राको अन्तिम दिन राष्ट्रपतिले कुमारी, भैरव र गणेशको दर्शन गरेपछि जात्रा समापन हुनेछ । जात्रा व्यवस्थापन गर्ने जिम्मा युवाको काँधमा छ । युवाकै व्यवस्थापनमा हुने यात्रा थप व्यवस्थित हुने अपेक्षा सबैको छ । जात्रामा खटिएका युवा टोलीले लिएका जिम्मेवारी र उनीहरूले गरेको कामको बारेमा कुराकानी गरेका थियांै ।
गणपतिलाल श्रेष्ठ, संयोजक  
विगत वर्षको अनुभवले यो वर्ष येयाँः जात्रा व्यवस्थापन गर्न सहज भइरहेको छ । हामीले जात्रालाई येँयाः राख्ने तयारी गरेका छांै । इन्द्रजात्रालाई हामीसंग जात्रा व्यवस्थापन गर्नसक्ने शैली भएको युवाको समुह छ । मंगलबारदेखि सुुरु भएको जात्रा व्यवस्थापनमा १५ वटा समितिको टोली अहोरात्र खटिरहेका छांैं ।
१५ वर्षअघि रथजात्राको क्रममा एकजनाको मृत्यु भयो । त्यसबेला म सानै थिए । सिठी फुक्दै वीर अस्पताल पु¥याएको ती दिनपछि उनको मुत्यु भयो । त्यसको अर्को वर्षबाट जात्रामा रेडक्रसको सहभागिता भयो । म पनि रेडक्रममा थिए । त्यसबेलादेखि रेडक्रसको सहभागिता बढ्यो ।  रथ यात्रामा संवेदनशील हुनुपर्छ भन्ने भयो ।
 रथयात्रामा रेडक्रस सहभागी भयो । त्यसपछि युवाको जिम्मामा व्यवस्थित रथ यात्रा गर्ने जिम्मा आयो । सोही कारण यो वर्षको जात्रा हामीले अत्यन्तै व्यवस्थित बनाएका छांैं । अभिलेखीकरण गरेका छांैं । अहिले यो जात्रा रमणीय  र उत्सवमय बन्न पुगेको छ ।  यो वर्षको रथ व्यवस्थापन गर्न यी कुराको व्यवस्था गरेका हौं ।
कुमारीको रथ पछांडि सुरक्षा कर्डनभन्दा पछांडी जुद्ध वारुणयन्त्रको उद्धार टोली  तयारी अवस्थामा सँगै रहनेछ ।
सबै रथको पछांडि प्रहरी र स्वयंसेवकले सुरक्षा दिनेछन् । व्यवस्थित रथ यात्रा गराउन सबै सुरक्षा निकायसँग सहकार्य गरेका छांैं । आर्थिक रूपमा समिति सबल नभए पनि समितिका संयोजक आफैले स्वतःस्फुर्त रूपमा काम गरिरहनुभएकोले जात्रामा कुनै आर्थिक समस्या हुन दिएका छैनौं । रथ यात्रा दिउँसो भएपछि व्यवस्थापन गर्न सहज छ । गुठी संस्थानले  घःमाको अवस्थालाई अध्नजर गर्दै घःमामा असम्बन्धित व्यक्ति, अनियन्त्रित भीड नियन्त्रण गर्नेछांै । गुठी र आयोजकले तोकेको व्यक्तिलाई मात्र घःमामा जाने दिने व्यवस्था गरेका छांै ।  जिवित देवी कुमारी, गणेश र भैरवको सहज दर्शन र पूजा गर्ने व्यवस्था  गरेका छांैं ।
 कुमारी, भैरव र गणेशको दर्शन गर्दा पूजा सामग्री र डबलले फाल्ने काममा रोक लगाएका छांैं । अर्थात् जीवित देवतालाई फूल र डबल ( क्वाइन) ले हिर्काउन निषेध गरेका छांैं । कुमारी र भैरवको रथमा २÷२ वटा र गणेशको अगाडि सम्पूर्ण बाजा खलः लाई सहभागी गराउने व्यवस्था मिलाएका छांै । लाखे आजु, पुलुकिंसि, हलचोक, आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरव दागी, वाकादे, दश अवतार, देवी नाच र कुमारी, भैरव र गणेशको रथमा पूर्ण सुरक्षा व्यवस्था मिलाएका छांैं ।
 नानिचाःयाको दिन महिलाहरूले रथ तानेर किलाघःमा पुगेपछि पुंलुकिसिलाई केही समय सम्मान सहित नाच्ने वातावरण तयार गरेका छांैं । सो दिनमा पुरुष भन्दा पनि महिला सुरक्षाकर्मीको सहभागिता बढाउने तयारी गरेका छांै ।
बिजुली र केवलको तार व्यवस्थापन गरेका छांैं ।
रुटको विषयमा वडा कार्यालय, स्थानीय खलः गुठी, संघ संस्था र पुचःलाई जिम्मा दिएका छांै । प्रचार प्रचार गर्न समर्थ रंजितको संयोजकत्वमा टोली तयार पारेका छांै । आकस्मिक अवस्थामा ट्राफिक व्यवस्थापन गर्न महावीर सेक्युरिटी कम्पनीबट २० जना सुरक्षाकर्मीको थप मद्दत लिएका छांै । यसरी व्यवस्थित जात्राको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छांै । हामीले जात्रालाई अवसर र चुनौतीको रूपमा लिएका छांै ।
 वास्तवमा जात्रा व्यवस्थापन गर्ने काम  सहज छैन । तैपनि, युवाको जोश र जाँगरले गर्दा विश्वकै चर्चित इन्द्रजात्रा व्यवस्थापन गर्न सफल भएका छांै । अब हस्तान्तरण गर्नुपर्छ भन्ने छ । मलाई ८ वटा टोलीको जिम्मा दिएको छ । मैले ८ समितिमा ८ जनालाई नेतृत्व दिएका छांै । त्यसले गर्दा आत्मशक्तिले काम गरेको छ ।
 रवि तण्डुकार, संयोजक शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन 
 जात्रा अवधिमा हामीले समयमै सूचना दिएका छांै । बाटो रोक्नुअघि माइकिङ, प्रचार प्रसार गरेका छांै । सामाजिक सञ्जालमा प्रचार गरेका छांै । स्वयंसेवकलाई सवारी साधनमा व्यवस्थित गर्न आग्रह गरेका हौं । ट्राफिक व्यवस्थापन गर्न विशालबजार र धर्मपथमा निःशुल्क पार्किङको व्यवस्था गरेका छांै, शान्ति निकुञ्ज, करिडोर, परोपकार स्कुलमा पार्किङ व्यवस्था गरेका छांै । हामीले पार्किङ गर्न तोकेको स्थान बाहेक अन्यत्र पार्किङ निषेध गरेका छांै ।
विगतको तुलनामा चुनौती र अवसर दुवै छ । यो वर्ष विगतभन्दा व्यवस्थित गछांै । विगतमा कहाँ चुकेका छांै भनेर अनुभव गरेका छांै । विगतमा भएको कमजोरीलाई यो वर्ष कम गर्ने प्रयास गरेका छांै । हुन त, जे कुरामा पनि तलमाथि भइहाल्छ हामी यो वर्ष समयमै सूचना दिनेछांै । त्यसको लागि ट्राफिक प्रहरी, कामपा प्रहरी, महावीर सेक्युरिटी, ह्विल्स ट्रलि योर्स प्रालिलाई खटाएका छांै । लामो समयको तयारीपछि ट्राफिक व्यवस्थापन याजना बनाएका छांै ।
 रथयात्राको दिन सबैलाई पार्किङ व्यवस्थापन बारे आग्रिम जानकारी दिने विशेष व्यवस्था गरेका छांै । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन डोरी, ट्राफिक कोण, वारियर (बार) सचेतना ¥याली, इन्द्रजात्रामा रुट उल्लेख भएको मार्ग सहितको ब्यानरको व्यवस्था गरेका छांै ।
 आ. अमित बज्राचार्य, संयोजक, स्वयंसेवक व्यवस्थापन
हामीले रथको सुरक्षार्थ कुमारी रथमा ४०, भैरव र गणेको रथमा २०– २० जना स्वयंसेवक व्यवस्था गरेका छांै । कुमारी रथमा नै हो धेरै हो । कुमारीको रथ ठूलो भएकोले धेरै स्वयंसेवक खटाउने योजना बनाएका छांै ।
रथमा भीड हटाउने योजना बनाएका छांै । चौडा सडक भएको ठाउमा कराउनु पर्दैन। जहाँ गल्ली, साँघुरो सडक भएको ठाउँमा कराउनुपर्छ र रथसंगै अन्य नाच हुने भएकोले केही समस्या होला । तैपनि, सक्छांै । यो वर्ष पहिलो जिम्मेवारी हो । विगतका वर्षमा गरेको भन्यो यो वर्ष फरक हुनछ । सिठी बजाएर हल्ला हुन दिँदैनौ । शान्त रथयात्रा गर्नेछांै ।
 दीपक महर्जन, संघसंस्था  परिचालन 
 यो मेरो पहिलो हो । मैले पाएको जिम्मेवारीमा सन्तुष्ट छु । जुन ठाउँमा रथ जान्छ त्यो ठाउमा जिम्मा लिनुप¥यो । यो पुर्ण स्वयंसेवक संस्था हो । इन्द्रजात्रामा खटिने ७१ वटा संस्था छ । आफ्नो क्षेत्रको जिम्मेवारी आफैंले व्यवस्थापन गर्नुपर्छ ।
 हामीलाई आर्थिक समस्या छैन । जुन टोलमा रथ गयो त्यस क्षेत्रमा त्यही समूह वा क्लबले हेर्छ । बैठक हुँदा हामी आफैंले व्यवस्था गर्ने गरेका छांै । आ–आफ्नो ठाउँमा आफंैले व्यवस्थापन गरिदिनुप¥यो । विशेषगरी शौचालय व्यवस्थापनमा ध्यान दिन सबै संस्थालाई अनुरोध गरेका छांै । रथ तान्दा विद्युत् आपूर्ति रोकियो भने त्यसको व्यवस्थापन गर्न स्थानीय संस्था, क्लब, पुचःलाई आग्रह गरेका छांै ।
 रञ्जनलाल श्रेष्ठ, संयोजक नेपाल स्काउट टोली परिचालन 
 जात्रा हेर्दा शुरुमा धेरै गाहे जस्तो हुन्थ्यो ।  जाँडरक्सी चल्ने भएको हुदा उनीहरूले नै तान्ने जस्तो लाग्थ्यो । त्यसपछि नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा रथयात्रा हुन्थ्यो ।
अहिले रथजात्रा व्यवस्थापन समिति गठन ग¥यो त्यसमा सबै संस्था छन् । त्यसबेला देखिनै नेपाल स्काउट पनि छ । यो क्षेत्रमा मैलेनै स्काउटरलाई व्यवस्थापन गछांै । रथयात्रालाई व्यवस्थित गर्न नेपाल स्काउटले विशेष टोली परिचालन गर्नेछांै । रथयात्रामा करिब १ सय ५० जना परिचालन गर्नेछांै ।
हामी रथ तान्दैनौ, भीडलाई व्यवस्थित गर्नेछांै ।  युनिटअनुसार खटिने गरेका हौ । कलेजमा अध्ययन गर्ने स्काउटरले रथयात्रा व्यवस्था गर्नेछांै । हामीले यस क्षेत्रका  १६ देखि २५ वर्ष सम्मका युवालाई हरेक शनिबार तालिम दिएर स्काउटर बनाएका छांै ।
 सिद्धिगणेश, शान्ति निकुञ्ज र नोवल एकेडेमी  मा स्काउटको तालिम लिएका स्काउटरले स्वयं सेवा दिने गरेको छ ।  कुमारी, भैरव र गणेशको रथसंगैं स्काउटको टोलीले सुरक्षा दिनेछ । आवश्यकताको आधारमा नेपाल रेडक्रस लगायतको सहयोगमा स्वयंसेवा दिनेछांै ।
नानीहिरा महर्जन, संयोजक , महिला समूह व्यवस्थापन 
नानीचाः जात्राको अन्तिम दिन महिलाले रथ तान्ने परम्परा छ । १२ वर्ष भयो मेरै नेतृत्वमा महिलालाई व्यवस्थित रूपमा रथ तान्ने परम्परा शुरु भयो ।
 यो वर्ष करिब ७ सय जनाले नाम टिपाइसकेका छन् । कुमारी, भैरव र गणेशको रथलाई महिलाले व्यवस्थित रूपमा तान्ने व्यवस्था मिलाएका छांै । सबैलाई समूह बनाएर रथ तान्ने अवसर दिनेछांै । कुमारीको रथमा धेरै महिलाको सहभागिता हुनेछ भने भैरव र गणेशको रथमा कम । नाम टिपाएका सबैलाई व्यवस्थित रूपमा रथ तान्ने गरी व्यवस्थापन गरेका छांै ।
सुरेन्द्र माथेमा, संयोजक श्रीको रथ बत्ती व्यवस्थापन 
सधैं प्रायः जात्रामा रथ यात्रा ढिला शुरु हुने ढिला सकिने रथ यात्रा गर्दा बत्तीको लाइन काट्नै पर्ने जात्रामा बत्तीको महत्व झन् आवश्यक पर्छ । अध्यारोमा रथ तान्दा समस्या हुने गरेको थियो ।
उज्यालोको आवश्यकता धेरै हुने तर, रथमा समेत श्रीहरूको रथ तथा जनबहा द्यःको को रथमा पनि अन्धकार भएपछ सबैको आँखाले प्रतिक्षारत रथ जात्रा रथ भने पनि उज्यालो जात्रामय बनाउन पर्ने महशुस भयर नेवाःनुगः  संस्थाले रथलाई उज्यालो पार्ने काम गरिरहेको छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रह र आयोजकको सामूहिक प्रयासबाट रथमा बत्ती जडान गर्न सफल भएका छांै । यो हाम्रो प्रयास निरन्तर रूपमा ६ वर्ष भएको छ । यस्लाई हामी आगामी वर्षमा पनि निरन्तरता दिनेछांै    ।
 
बालकृष्ण महर्जन, संयोजक, कुमारी रथको घःमा व्यवस्थापन
हजारौंको संख्यामा उपस्थिति हुने तथा भित्री क्षेत्रको सानो बाटोमा रथलाई आफू असुरक्षित भए पनि  सबैको सुरक्षाको लागि हामी खट्ने गरेका छांै ।
आजबाट शुरु हुने रथजात्रालाई व्यवस्थित गर्न घः मा व्यवस्थापन मुख्य चुनौती हो । यस  चुनौती समाधान गर्न स्वयंसेवक मार्फत अनावश्यक व्यवक्तिलाई घःमामा जान रोक लगाउने भएका छांै । गुठी संस्थानको संयोजन र हाम्रो समितिको निर्देशनबमोजिम घ मा व्यवस्थापन गर्नेछांै ।
 यँयाः जात्रा (इन्द्रजात्रा) व्यवस्थापन परियोजना २०८० मूल समिति 
 संयोजक 
गणपतिलाल श्रेष्ठ
उपसमिति संयोजकहरू
 पञ्च महर्जन–बाजा व्यवस्थापन
नानिहिरा महर्जन–महिला समूह व्यवस्थापन
रबि तण्डुकार –शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन
रञ्जनलाल श्रेष्ठ– नेपाल स्काउट टोली परिचालन
आ.अमित बज्राचार्य– स्वयंसेवक व्यवस्थापन
उद्धव खड्गी–नेवाः देय् दबु समन्वय
बालकृष्ण महर्जन– कुमारी रथ, घःमा व्यवस्थापन
दीपक महर्जन–संस्था समन्वय
दीपेश रञ्जित–गणेश भैरव रथ घःमा व्यवस्थापन
श्याम था– हाम्रो जात्रा लाइभ प्रशासण
केशव मिश्र– विपद् व्यवस्थापन
समर्थ रञ्जित– फोटोग्राफी
अञ्जना मास्के– रेडक्रस टोली परिचालन

प्रतिक्रिया दिनुहोस्