काठमाडौं महानगर र अभियन्ता ईः बीच सहमति

0
Shares

काठमाडौं ।

फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ ।

मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो ।

बुधबार फेरि भएको छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको काठमाडौं महानगरपालिका स्रोतले बतायो । सहमतिपछि प्रदर्शनरत ईःले ९ बजे पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगनको घोषणा गर्दैछन् ।

मंगलबार भएको सहमतिको पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगित गर्ने भनिएको थियो ।