झापाका चार पालिकामा भोलि स्थानीय बिदा



झापा ।

झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ।

मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल,  बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्