पर्यटन दिवस: लमजुङमा ढाका टोपीमा सजीए विदेशी पर्यटक

0
Shares

लमजुङ ।  

लमजुङमा विदेशी पर्यटक ढाका टोपीमा सजिएका छन्। ४४ औं विश्व पर्यटन दिवसको अवसरमा १० बर्षिय विदेशी नागरीक जोन संगै अन्य २३ जना पर्यटकलाई बेसीशहर नगरपालिका नगरप्रमुख गुमनसिंह अर्यालले ढाका टोपी र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातो टिका लागाई दिनुभएको हो ।
जिल्ला स्थित पर्यटन तथा उद्योग कार्यालयको आयोजना, बेसीशहर नगरपालिकाको सहआयोजना र होटल व्यावसायी

संघको समन्वयमा ‘टुरिजम एण्ड ग्रिन इन्भेस्टमेन्ट’ भन्ने मुलनाराका साथ बेसीशहर मनाङगे चौतारबाट निकालिएको र्याली भिमसेन स्थान, नारायण स्थान हुँदै सेरा चोकमा पुगि कोण सभामा परिवर्तन भएको थियो ।यसै विच पर्यटन कार्यलयकै आयोजनमा पर्यटन गोष्ठी समेत भएको छ । गोष्ठीमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डा.टकराज गुरुङले लमजुङको पर्यटनलाई विकास गर्न आफ्नै जिल्लाको सक्षम नागरिकहरु उत्पादन गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय विभिन्न असुविधाका कारण पर्यटकीय स्थलका बासिन्दाहरु पनि बसाइसराईँ गरेर अन्यत्र जाने र सम्भावना बोकेका ठाउँपनि विकास नभएकै करण ओजेलमा पर्ने गरेको डा. गुरुङले बताउनु भयो । प्रदेश सभा सदस्य गुरुङले जिल्लामा भएका पर्यटनको स्रोत र साधनलाई चिन्न र सदुपयोग गर्न सके पर्यटनको विकास हुने बताउनुभयो । सांसद डा. गुरुङले जिल्लालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पर्यटकलाई जिल्लामा टिकाउने खालको वातवरण बनाउका साथै विभिन्न आकर्षक र मनोरञ्जन दिलाउन सक्ने वातवरणको सिर्जन गर्नु पर्नेमा जोड दिनुभएको छ । सांसद डा. गुरुङले लमजुङ जिल्ला प्रचुर संभावना बोकेको जिल्ला भएकाले पनि यहाँ लुकेर रहेका महत्वपुर्ण स्थलहरुका संरक्षण र प्रवद्र्धनको लागी पहल गर्नुपर्ने बताउनु भयो ।

जिल्लामा विदेशी पर्यटक भित्र्याउन स्थानीय भेषभुषा, भाषा–धर्म, प्रकृति र संस्कृतिले नै पर्यटकलाई आकर्षित गर्ने भएकाले त्यसको जर्गेना गर्नुपर्ने उहाँको उहाँको भनाई थियो । कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बेसीशहर नगरपालिका भित्र रहेका होमस्टे प्रवद्र्धनका लागि प्रस्तावना र सुचकका आधारमा होमस्टे सञ्चालकहरुलाई १०-१० लाख सहयोग गरेको बताउनुभयो ।

नगरपालिकाको समृद्धिको लागि पर्यटकिय क्षेत्रको विकासका लागि एतिहासिक रुपमा रहेको बराहपोखरी जानेबाटो ट्रयाक खोलीसकेको र बाटो स्तरउन्नतिका लागि नगरपालिका बजेट विनियोजन गर्ने उपप्रमुख गुरुङले बताउनुभयो । व्यवसाय गर्ने चाहानेहरुलाई लघु उद्यममा जोड्नका लागि नगरपालिकाले विभिन्न तालिमहरु दिदैँ आएको उपप्रमुख गुरुङले बताउनुभयो ।

कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले लमजुङका पर्यटकीय क्षेत्रहरु र पर्यटनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रोहीणीराज लौडारी, वडा नम्बर २ का वडा अध्यक्ष मदन राना, डिभिजन वन कार्यालयका सुचना अधिकारीसन्तोष खनाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्रीकृष्ण लामिछाने लगायतले कार्यक्रममा प्रस्तुत कार्यविधिमा टिप्पोणी गर्दै पर्यटक क्षेत्रको प्रवद्र्धनका लागि भइरहेका प्रयास र आगामी दिनमा पर्यटक अभिबृद्धि गर्नका लागि गरिने कार्यहरुको उल्लेख गर्नुपर्ने बताउनुभयो । पर्यटक क्षेत्रको समृद्धिको लागि संघ, प्रदेश र स्थानिय तह र सरोकारवाला कार्यालयको समन्वय तथा सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

चालु आर्थिक बर्ष २०८०-०८१ को साउन देखि हाल सम्म दुई सय आठ जना पर्यटकले बेसीशहर नगरपालिका ७ स्थित पर्यटन प्रवेश शुल्क काउन्टर तथा पर्यटक सुचना केन्द्रबाट परमिट लिएको पर्यटन सहायक बाला घलेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षमा भने एक हजार चार सय ५० जनाले परमिट लिएका छन् ।

यसै विच अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) ले पनि एक कार्यक्रमका विच जिल्लामा आएका पर्यटकहरुलाई स्वागत सम्मान गरेको छ ।सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटकहरुको आगमन हुने महिना भएकोले पर्यटन दिवसले पर्यटकहरुको आगमनमा नयाँ उत्साह थपिनेछ । पर्यटन दिवसकै अवसरमा गाउँ गाउँ पुगेका पर्यटकहरुलाई पनि गाउँलेहरुले फुलमाला, खादाले भब्य स्वागत गरेका छन् । जिल्लाको खुदी, भुलभुले, भुजुङ, घलेगाउँ, काउलेपानी, पसगाउँ, खासुर, सिउरुङ लगायतका होमस्टेहरुमा पुगेका पर्यटकहरुलाई पनि भब्य स्वागत गरेका छन् । ‘मुलुकमा शान्ति स्थापना भएपछि लमजुङको सदरमुकाम बेसीशहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।