हुण्डीमार्फत कारोबार गर्ने दुई जना पक्राउ

0
Shares

काठमाडाैं ।

 हुण्डी मार्फत कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओम प्रकाश कुमार यादव रहेका छन् ।

नेपाल राष्ट्र बैकले जारी गरेको आदेश वा निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार  काठमाडाैं -१४ कुलेश्वर चुनी भैरवबाट ओम प्रकाश कुमार यादव र राकेश रायलाई विभिन्न दरको  नेपाली नगद २,१०,४९५।(, चेकबुक, मोबाईलहरू सहित पक्राउ गरेकाे  हाे  ।

उनीहरुलाई  नेपाल राष्ट्र बैक ऐन २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएकाे प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।