इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित



पोखरा ।

चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछिकाे विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक वुद्धिराज गुरुङले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । उक्त प्रकरणमा सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको उनले बताएका छन् ।

उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्