सभापति दीपक खड्काले दिए पदबाट राजीनामा



काठमाडौं ।

नोपाली का‌ंग्रेस जिल्ला कार्यसमिति संखुवसभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन्।

कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।

गत मंसिरको चुनावमा नेकपा एमालेका नेता राजेन्द्र गौतमलाई हराउँदै प्रतिनिधिसभामा पनि विजयी खड्काले व्यस्तताका कारण पार्टीको जिल्ला नेतृत्व चलाउन नसक्ने जनाएका हुन्। उनले आफू प्रतिनिधिसभाको पनि सदस्य भएकाले जिल्ला सभापतिका रुपमा काम गर्न नसक्ने जनाएका छन्। प्रतिनिधिसभामा व्यस्त हुनुपर्दा जिल्लाको पार्टी अभियानमा सहभागी हुन मुस्किल भएपछि सभापति पद त्याग्नुपरेको उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्