२१ किलो गाँजासहित एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा

14
Shares

विराटनगर ।

मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ । म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले सञ्चालन गर्दै आएको थियो । मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो ।

प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । दुबै सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।