काठमाडौंमा चिकित्सकको प्रदर्शन



काठमाडौं ।

चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै आन्दोलित बनेका चिकित्सकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।

मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालमा चिकित्सकमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको बिरोधमा चिकित्सकहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएका हुन् । उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयन गर्न माग राखेका छन् ।

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदासमेत राज्य मुकदर्शक बन्न नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्