काठमाडौं महानगर र ईः बीचको वार्ता निष्कर्षविहीन



काठमाडौँ।

काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ । फुटपाथ व्यापारीहरूले यथास्थानमा समय नतोकेर व्यापार गर्न पाउनुपर्ने बताएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

बैठकमा सहभागी एकजनाका अनुसार महानगर तत्कालका लागि निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिन सकिने विषयमा छलफल गर्न सकिने बताएको थियो । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् ।

लामो समय उभिँदा उनका खुट्टाहरु सुनिएका छन् । उनीहरुको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताका लागि तयार भएको हो ।

वार्तामा ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली सहभागी थियो ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

प्रतिक्रिया दिनुहोस्