बसको ठक्करबाट वृद्धको मृत्यु

0
Shares

धनगढी ।

कञ्चनपुरमा एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। जिल्लाको भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट मङ्गलवार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।