![](https://newsofnepal.com/wp-content/uploads/2023/09/depak.jpg)
काठमाडौं ।
चिकित्सक कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले राजीनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
मंगलबार उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै एक विज्ञप्तिमार्फत चिकित्सकमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्ने कानून नबनेसम्मका लागि पार्टीको काममा नफर्किने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।
डा। कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् ।
सोमबार बिना आरोप नेपाल प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथी कुटपिट हुदाँ देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।