अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ 

0
Shares

काठमाडौँ।

अस्ट्रेलिया पठाइदिन्छु भन्दै  रकम ठगी गरेको आरोपमा  फ्लाइङ टप एजुकेशन एण्ड इमाइग्रेशन कन्सलटेन्सीका  सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा  अर्धाखाँची जिल्ला  भुमिकास्थान न.पा. वडा नं.८ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ९ सृजनानगर बस्ने  ४५ वर्षीय विष्णु के.सी रहेका छन्।

के. सीले पवनराज दाहाललाई वैदेशिक रोजगारीको लागि वर्किङ भिसामाअष्ट्रलिया पठाईदिन्छु भनी  सोह्र लाख  लाग्छ सम्बन्धित देशमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाईदिने र  मासिक २,००,०००  भन्दा बढी कमाई हुन्छ भनी पिडितलाई  प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी  सत्र लाख उनासी हजार रुपैयाँ रकम लिई भिसा समेत दिइसकेका थिए।

रोजगारीको लागि पीडित अस्ट्रेलिया जाने भनी विमानस्थल गएकोमा अध्यागमन कार्यालयले नक्कली भिसा भनी फर्काए पछिपिडित आफू  ठगीमा परेको थाहा  पाएपछि उनले  विष्णु के.सीलाई फोन गर्दा फोन नउठाई सम्पर्क विहीन भएकाले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आफू ठगीमा परेको भनी पीडितले  जाहेरी दिएका थिए।

 अनुसन्धानमा  उक्त कन्सल्टेन्सीले ठगी गर्ने उद्देश्यले नै रकम लिएको देखिएपछि  तत्कालै अपराध अनुसन्धान कार्यालयबाट  खटिएको विशेष प्रहरी टोलीले सोमबार काठमाडौँको लाजिमपाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई   थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइ एको प्रहरीले जनाएको छ।