सुत्केरीको हेलिकप्टरद्वारा उद्धार 

0
Shares

 बाजुरा। 

विकट हिमाली गाउँपालिकाको बिच्छाया स्वास्थ्य चौकीबाट सुत्केरी महिलालाई मङ्गलवार दिउँसो  नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी भएर साल अट्कीएर उच्च रक्तश्राप भएपछि हिमालीगाउपालिका एककी २३ बर्षियाकल्पना रोकायालाई हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगेको हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए ।

सोमबार बिहान बिच्छाया स्वास्थ्यचौकीमा सुत्केरी भएकी रोकायाको साल ननिस्केर अत्यधिक रगत बग्नथालेपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचारपछि महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भण्डारीले बताए  ।

राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निशुल्क हवाइ उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको भनाई छ । बाजुरा लगाएत दुर्गमका जटिल गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निशुल्क हवाई उद्धार गर्ने गरेको छ । हिमाली गाउँपालिका वडा नं एक विच्छ्याकी सुत्केरीको अत्यधिक  रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो सालनाल नआएर पाठेघरको मुखबन्द भएपछि ज्यान जोखिममा परेको थियो ।  राष्ट्रपति महिला उद्धार कोषबाट नेपाली सेनाको हेलिकप्टले उद्धार गरेर सुर्खेत पु¥याइएको छ । सुविधायुक्त ठाउँमा पुगिसकेकी हुँदा अब ज्यानजाने खतरा कम भयो स्वास्थ्य शाखा प्रमुख भण्डारीको भनाइ  छ ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार सुत्केरी महिलाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत हेलिकप्टरको पहल भयो छिटो उद्धार पनि भयो  । ज्यान नै खतरामा रहेको गाउँपालिकाबाट जानकारी आएकोले  तत्काल गृह मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालयलगायत सम्बद्ध निकायमा पत्राचार गरेको केही घण्टमा सुत्केरी महिलाको उद्धार भएको हो ।

साबिकको विच्छ्याँगाविसमा अहिले सम्म सडक सञ्जालको पहुँच छैन। अग्लो डाँडामा गएर टेलिफोन सम्पर्क गर्नु पर्ने बाध्यता छ ।  न त नजिक सुविधा सम्पन्न स्वास्थ्य संस्था नै छन् बामुकाधिरलाल रोकायाले भने ।  सुत्केरी बेथाले सतायो भन्या र पहुँच भया हेलिकप्टर आया बाँच्नुछ,नत्र सुत्केरी र भिरपाखाबाट लडेका घाइते बिमारीको अवकालै ज्यान जान्छ ,रोकायाको कथन छ । पछिल्लो समयमा बाजुराका प्रायजसो ग्रामिण भेगका  सुत्केरी तथा गर्भिणी महिलाको ज्यान जोखिमहुंदा हेलिकप्टरबाट उद्धार गरिँदै  आएको छ।