इन्द्रजात्रामा आउन थाले विदेशी पाहुना

नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली यँया (इन्द्रजात्रा) का लागि काठमाडौंमा



काठमाडौं ।

इन्द्रजात्रामा विदेशी पाहुना आउन थालेका छन्  । यँया (इन्द्रजात्रा) अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार बेलुका टोली काठमाडौं आइ पुगेको हो ।

टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई हुन्  ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्