अभियन्ता ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल



काठमाडौं ।

फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाएरहेका अभियन्ता ईःलाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल पुगेकी छन् ।

मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् । ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहको बताइन् । आफ्नो अधिकार सीमित रहेको भन्दै उनले अघि भनिन्, ‘आफ्नो ठाउँबाट पहल गर्ने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्