एमाले वागमती प्रदेश अधिवेशनको बन्दसत्र शुरु



काठमाडौं ।

काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र शुरु भएको छ । सोमबारबाट शुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुरु भएको हो ।

सोमबार भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरिएको थियो । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्