क्रिकेटमा दर्शकको संख्या बढ्दै



India’s Virat Kohli (R) shakes hands with Pakistan’s Shadab Khan after the ICC men’s Twenty20 World Cup 2022 cricket match between India and Pakistan at Melbourne Cricket Ground (MCG) in Melbourne on October 23, 2022. – — IMAGE RESTRICTED TO EDITORIAL USE – STRICTLY NO COMMERCIAL USE — (Photo by Martin KEEP / AFP) / — IMAGE RESTRICTED TO EDITORIAL USE – STRICTLY NO COMMERCIAL USE — (Photo by MARTIN KEEP/AFP via Getty Images)

नयाँ दिल्ली, (एजेन्सी) । भारत र पाकिस्तानबीच हुने क्रिकेट खेल जस्तो सुकै प्रतियोगिता भएपनि दर्शक अधिक नै हुने गर्छ । ती देशका दर्शक भारत र पाकिस्तानबीच कहिले खेल हुन्छ भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । भन्नै पर्दा यी दुई

टोलीलाई क्रिकेटका एक अर्काको सर्वाधिक प्रतिद्वन्द्वी मानिएका छन् ।
हालै एशिया कपमा भारत र पाकिस्तानबीचको खेल विश्वकपपछि सर्वाधिक हेर्नेमा परेको छ । एशिया कप २०२३ को आधिकारिक प्रशारणकर्ता स्टार स्पोर्ट्सले जनाएअनुसार भारतमा खेल हेर्नको लागि एक कीर्तिमान नै बनेको छ ।

एशिया कपको फाइनललाई छाडेर प्रतियोगिताको प्रत्यक्ष प्रशारण हेर्नेको संख्या २६६ अर्ब दर्शक रहेको जनायो । यो सबैभन्दा बढी हेर्ने संस्करण समेत बन्यो । स्टार स्पोर्ट्स अनुसार प्रतियोगितामा खेल हेर्न पछिल्लो संस्करणमा भन्दा ७५ प्रतिशतले बढेको छ ।

फाइनललाई छाडेर हेर्दा प्रतियोगिता ७३.५ अर्ब मिनेट भन्दा बढी हेरेको छ । भारत र पाकिस्तानबीचको सुपर फोरको खेल विश्वकपलाई छाडेर अहिले सम्मकै सर्वाधिक रेटिङ एकदिवसीय खेल बन्यो । यो खेल ६४ लाख भन्दा बढीले हेरेका थिए ।

स्टार स्पोर्ट्सका प्रवक्ताले बताए कि प्रतियोगितामा गैर भारत खेलको लागि पनि प्रत्यक्ष खेल रेटिङमा पनि ७५ प्रतिशतले बढेको छ । यदि यो कीर्तिमानी संख्याले आगामी अक्टोबरदेखि भारतमा शुरु हुने विश्वकपमा दर्शक संख्याले कीर्तिमानी तोड्ने संभावना प्रबल रहेको पनि जनायो ।

प्रतिक्रिया दिनुहोस्