कार्की बेपत्ता मुद्दाका ७ जना धरौटीमा रिहा गर्न आदेश



धादिङ। 

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ बेनिघाट बजारका शिव कुमार श्रेष्ठलाई असार ३१ गतेदेखि बेपत्ता पारेको आरोपमा प्रहरी हिरासतमा रहेका ७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले सोमबार आदेश गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठको इजलासले बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय इन्द्र भन्ने अमिश कँडेल र ४१ वर्षीया कुमारी तिवारीलाई जनही ५/५ लाख धरौटीमा छाड्न आदेश गरेका छन्  । यसैगरि सोही वडाका ४२ वर्षीय रामजी परियार, २७ वर्षीय विकास भन्ने रामचन्द्र परियार, ३८ वर्षीय उज्ज्वलकुमार रिजाल, ४४  वर्षीय टंक भन्ने  दीपक सिलदवाल, र राजेश लामा भन्ने राजेश तामाङलाई जनही १०/१०  हजार धरौटीमा छाड्न आदेश गरिएको छ ।

बेनिघाटरोराङ गाउँपालिका–५ का ४० वर्षीय शिवकुमार कार्की ०८० असार ३१ गतेदेखि बेपत्ता भएका छन् ।

बेनिघाटरोराङ गाउँपालिका ५ स्थित चरौँदी नजिक रहेको हुक्का बारमा बियर खाजा खाएपछि सम्पर्कमा नरहेका कार्कीको एक महिना हुँदा समेत पत्तो लागेको छैन ।

शिवकुमारकी पत्नी नानी मैयाँ श्रेष्ठ कार्कीले साउन ४ गते बेपत्ताको खोजी गरिदिन इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिइन्  । घटना खोजिहुँदै जाँदा प्रहरीले अनुसन्धानको क्रममा पछिल्लो फोन कल् गर्ने हक्काबारसंगै रहेकी कुमारी तिवारीलाई ५ गते ६ गते गर्दै गिरफ्तार गर्‍यो । प्रहरीले अनुसन्धान गर्दा १० दिनको बिचमा ती महिलासँग ७२ पटक फोन कल भएको भेटायो ।

सुरुमा महिलालाई घर पठाएकोमा असार ७ गते महिला हात बाँधिएको अवस्थामा फेला परिन । पछि महिलासँग प्रहरीले बुझ्दा पटक पटक फरक फरक बयान दिने गरिन् ।

सुरुमा शिवकुमारलाई मारेर नदीमा फालिदिएको बताइन। पछि खाडल खनेर राखेको बताइन् । हात बाँधेको मानिस नचिनेको बताइन् तर पछि आफैँले हात बाँधेको बताइन् । बेनिघाटबजार बासी र आफन्तले हराएका शिवकुमारको खोजी गर्न र हत्या  भएको भए तत्काल कारबाही गर्न  माग गर्दै साउन १९, २०, २१, २२, २३, गते बजारमा प्रदर्शन गरे । घटना खोजि भइरहेको, प्रहरीले गोताखोर टोली परिचालन गरी त्रिशूली नदीमा खोजेको र तालिम प्राप्त कुकुर परिचालन गरी खोजेको बताए पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गजुरी घटना अनुसन्धान गरिरहेको भएपनि उसले आरोपितहरू पत्ता लगाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले साउन १७ गते सो मुद्दा जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ ।

खोजतलास मात्र नभएर मानिस फेला नपरेपछि हराएका कार्कीका श्रीमती मैया श्रेष्ठ कार्कीको दिएको किटानी जाहेरीपछि जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा दर्ता भएको मानिस बेपत्ता पारिएको सम्बन्धी मुद्दाको थुनछेकको बहस समेत सोमबार भएको थियो ।

प्रहरी, स्थानीयवासी, जनप्रतिनिधि लगायतले विभिन्न तवरबाट खोजतलास गर्दा विदेश जाने मिति भन्दा केही समय अघि नै बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्