चन्द निर्वाचित भएपछि गृह जिल्लामा दीपावली



बैतडी नेपाल क्रिकेट संघ क्यान अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएपछि उहाँको गृहजिल्ला बैतडीमा खुसीयाली छाएको छ । शनिबार सम्पन्न अधिवेशनबाट चन्द दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो ।

चन्द क्यानको अध्यक्ष भएको खुसीयालीमै गृह जिल्ला बैतडीमा शनिबार साँझ दीपावली गरि खुसीयाली मनाइएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

क्रिकेट समर्थक तथा सुभेच्छुकहरु देहिमाडौंमा जम्मा भएर दीपावली गरेर खुसीयाली मनाइएको छ ।

यसअघि पनि अध्यक्ष रहेका चन्दको निरन्तरताले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने अपेक्षा रहेको गृहजिल्लावासीले बताएका छन् ।

चन्दलाई बधाई दिने उद्देश्यले दीपावली गरिएको बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्