देउवा जी प्रचण्डको पछि लुरुलुरु हिँड्नु भो  :  केपी ओली 



 ओखलढुंगा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपाली काँग्रेसले  आफ्नो एजेन्डा छाडेर प्रचण्डको एजेण्डा सफल बनाउन लागेको आरोप लगाएका छन् । ओलीले  ओखलढुंगाको रामपुरमा गुरु लुइँटेल समृति पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काँग्रेसलाई यस्तो  आरोप लगाएका हुन्  ।

अहिले काँग्रेस बिचरा अवस्थामा पुगेको छ । काँग्रेसलाई अबत के पार्टी भन्नु र खै ? ओलीले भने, देउवा जीहरुलाई प्रचण्डकै पछि हिँड्न भ्याई नभ्याई छ ।

सम्बोधन कै क्रममा ओलीले अहिलेको सरकारलाई सुन भित्र्याउँदैमा फुर्सद नभएको समेत बताएका छन्  । ओलीले भने सरकार  जता हेरे नि सुन मात्रै हेर्छ । जे ल्याउँदा नि सुन मात्रै ल्याउँछ । यो सरकार के भाको ? ब्रेक सु ल्याए सुन ल्याउँछ, स्याउ ल्याए पनि सुन ल्याउँछ सिगरेट ल्याए सुन ल्याउँछ । भन्दै ओलीले सरकारको धज्जी उडाए ।

ओलीले सुन तस्करको छानबिनका लागी माग गर्दा एमालेलाई संसद् चल्न नदिएको आरोप लगाएको दुखेसो समेत पोखेका छन्  ।

 

प्रतिक्रिया दिनुहोस्