चिनियाँ लगानीकर्ताका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री



काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि रहेको बताएका छन्।

आज बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड फोरममा उनले चीनको लागि नेपाल लगानीको वातावरण उपयुक्त भएको मुलुक भएको बताएका हुन् ।

उनले नेपालको जलस्रोत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिने समेत बताए ।

प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको भन्दै उनले चीनले पूर्वधार, औद्यौगिक, गरिवी निवारण, शिक्षा र स्वास्थ्य सेवामा ठुलो फड्को मारेकोमा खुशी समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्