जसरी भए पनि यो नालायक सरकार मिल्काइहाल्नुपर्छ : केपी ओली



काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए ।

‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ,’ ओलीले भने, ‘ यो सरकारले जनता हेर्दैन । जता पनि सुनमात्रै हेर्छ । ब्रेक-सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।’

उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए ।

अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्