पूर्वराजालाई भक्तपुरमा भव्य स्वागत



काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् ।

शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्