प्रधानसेनापति शर्मा भारत प्रस्थान

0
Shares

काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

भारतकाे नयाँ दिल्लीमा सोमबारदेखि बुधबारसम्म हुने तेह्रौँ संस्करणको सेना प्रमुखहरुको सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा आइतबार दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

भारत प्रस्थान गर्नु पहिले आजै प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।