गठबन्धन जोगाएर सरकारमा बस्नु मात्रै उपलब्धि होइन: प्रदीप पाैडेल



काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जाेगाएर सरकारमा बस्नु मात्रै उपलब्धि नरहेकाे बताएका छन् ।आइतबार केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाए।

उनले भने, ‘अर्थमन्त्रालय हाम्रो पार्टीको नेतृत्वमा छ। सरकारमा हामी सहभागी छौं। अहिले गम्भीर आर्थिक संकट गम्भीर भएको बेलामा हाम्रो दृष्टिकोण प्रष्ट हुनुपर्छ। साना व्यापारिको सटर बन्द भएको छ। महँगी बढेको छ। त्यसमा सरकारले कुनै अनुगमन गरेका छैनौं।’ उनले पार्टी बैठकको निर्णय प्रेस विज्ञप्तिमा सीमित राख्न पार्टी नेतृत्वलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्