सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

0
Shares

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ फेरि पनि स्थगित भएको छ ।

आइतबार न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् । क्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो छैन ।