क्यानको सचिवमा पारस खड्का विजयी

0
Shares

काठमाडौँ।

नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनको मतगणनामा पारसले ४३ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्दी प्रशान्त विक्रम मल्लले ३२ मत प्राप्त गरे।