क्यानको अध्यक्षमा चन्द निर्विरोध



काठमाडौं।

नेपाल क्रिकेट संघ(क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरेपछि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्  ।

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः निर्वाचित हुन लागेका हुन । उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गर्न लागेका हुन ।

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको छ । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता गराईनसकेकाले उनी नै सर्बसम्मत हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्