म्याद गुज्रेका औषधि बिक्री गर्ने ४ औषधि पसलमाथि कारबाही



रामेछाप ।

अनुगमनका क्रममा म्याद गुज्रेको औषधिको भेटिए पश्चात रामेछापको मन्थलीमा सञ्चालित ४ मेडिकल पसललाई जरिवाना गरिएको छ ।

शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय रामेछाप, मन्थली अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल रामेछाप, नेपाल पत्रकार महासंघ र रामेछाप उद्योग वाणिज्य संघ सहिदका प्रतिनिधको रोहोबरमा मेडिकलमा अनुगन गरिएको थियो ।

७ मेडिकल पसलमा अनुगमन गर्दा ४ वटा पसलमा म्याद गुज्रेका औषधि भेटिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका सुचना अधिकारी निरोज खड्काले बताउनु भयो ।

उनका अनुसार सबैभन्दा बढी साकुरा मेडिकल हललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने सञ्जीवनी ड्रग हाउस र दिप्सन फार्मेसीलाई १०–१० हजार जरिवाना गरिएको छ । कोइराला औषधि पसलाई  दुई हजार जरिवाना तोकिएको थियो । उत्त मेडिकल बाट करिब ७ हजार ३ सय भन्दा बढिको औषधि जफत गरि नष्ट गरिएको सुचना अधिकारी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्