फायर फाइटिङ तालिम सम्पन्न, के-के सिकाइयो ?

0
Shares

काठमाडौँ। 

 सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार गण काठमाडौंले फायर फाइटिङ तालिम सम्पन्न गरेको छ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बढ्दो शहरीकरणसंगै जुनसुकै स्थानमा हुनसक्ने आगलागी नियन्त्रण तथा धनजनको क्षति न्युनिकरणमा तत्कालै परिचालन हुनसक्ने दक्ष जनशक्ति उत्पादन र पूर्व तयारी स्वरुप यस प्रकारको तालिम संचालन गरिएको बताए।

करीब ४ हप्ता अवधिको तालिम २ जना महिला कर्मचारीसहित कूल ५० जनाले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा प्रशिक्षार्थीहरुले ग्याँस पाईप, रेगुलेटरमा लागेको आगो नियन्त्रण गर्ने विधी, मानिसको शरीरमा लागेको आगो निभाउने बिधि तथा शहर बस्ती इलाकामा लागेको आगोलाई दमकलको सहायताले नियन्त्रण गर्ने सम्बन्धी डेमोस्ट्रेशन गरिएको थियो ।

  तालिममा प्रशिक्षार्थीहरुलाई आगलागी नियन्त्रण गर्दा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु, आगलागी नियन्त्रण गर्ने तरिका र चरणहरुको बारेमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यक्रममा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रशासकिय अधिकृत शेरबहादुर बि.सी.,त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल उद्धार तथा अग्नि निवारण महाशाखाका उपनिर्देशक नारायण राउत, सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण काठमाडौंका गणपति सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउद,बुढानिलकण्ठ नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रतिनिधि, प्रहरी बृत्त गौशालाका प्रमुख, काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी नायव उपरीक्षक,जुद्ध बारुण यन्त्रको कार्यालयका प्रमुख लगायत स्थानिय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।