सरकारले शिक्षकको माग पुरा गर्नुपर्छ : आनन्दप्रसाद पोखरेल

0
Shares

काठमाडौं ।

नेकपा एकालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्दप्रसाद पोखरेलले लोकतान्त्रिक आन्दोलनका सहकर्मी शिक्षकहरुलाई सडकमा उर्तानु सान्दर्भिक नहुने भन्दै उनीहरुकाे जायज माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकले समेत समयमै शिक्षकहरुको माग पुरा नगरी लोकतान्त्रिक आन्दोलनका सहकर्मीलाई सडकमा उत्रन बाध्य बनाउने सरकारको कदमप्रति घाेरविराेध गरेको इन्चार्ज पोखरेलले बताए ।

गठबन्धन सरकारले शिक्षकको स्वाभिमान र अधिकार कुण्ठीत हुने गरी प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक दर्ता गरेको छ, एमाले पोलिटब्युरो सदस्य पोखरेलले भने – यसबाट एकातिर लोकतान्त्रिक आन्दोलनका सहकर्मी लाखौँ शिक्षकहरु सडकमा उत्रन बाध्य छन् भने अर्कोतिर विद्यार्थीको पढाई र शैक्षिक भविष्यमा प्रभाव परेको छ ।

एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज पोखरेलले तत्काल सार्थक बार्ताको माध्यमबाट शिक्षकहरुको जायज माग पुरा गर्दै पेशाकर्मीहरुलाई जिम्मेवारीपूर्ण ढङ्गले गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण बनाउन सरकारसंग माग गरेका छन् ।