पुष्पसदन बास्केटबलमा मेगस , एलए र भ्याली भ्यू विजयी  

आयोजक पुष्पसदन रेडियन्टसँग पराजित 

0
Shares

कीर्तिपुर। 

 तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा मेगस स्कुल, एलए र भ्याली भ्यू विजयी हुँदा आयोजक पुष्पसदन स्कुल रेडियन्ट पब्लिकसँग पराजित भएको छ ।

बिहीबार किर्तीपुरस्थित पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा सम्पन्न जुनियर ब्वाईजतर्फको खेलमा रेडियन्ट पब्लिक स्कुलले आयोजक पुष्पसदन स्कूललाई ३८–१६ स्कोरमा पाखा लगाएको छ । रेडियन्टका विधान कार्कीले सर्वाधिक २० स्कोर गरे ।

सिनियर ब्वाईजतर्फ मेगस स्कुलले एलआरआई स्कूललाई ५४–३९ स्कोरले पाखा लगायो । मेगसका आशिष थापा मगर एक्लैले ४४ स्कोर गर्दै सर्वाधिक स्कोरर बने ।

सिनियर ब्वाईजमै लिटिल एन्जल्र्स (एलए)ले ब्राईट होराईजनलाई मात्र ३ स्कोरको झिनो अन्तरले हराएको छ । एलएले ३१ स्कोर गर्दा पराजित ब्राईट होराइजनले २८ स्कोर गरे । सर्वाधिक स्कोरर एलएका लक्कि मर्हजनले सर्वाधिक १६ स्कोर गरे ।

सिनियर ब्वाईज अन्र्तगत नै भ्याली भ्यूले हिलटाउनलाई २६–१० को स्कोरमा निराश बनाइदिएको छ । सो खेलमा भ्याली भ्यूका कमलेशले सर्वाधिक ६ स्कोर गरे ।

यसैगरी जुनियर ब्वाईजमा भ्याली भ्यूले ग्रिनफिल्डलाई ११–९ को स्कोरमा हराएको छ । भ्याली भ्यूका संयमले सर्वाधिक ६ स्कोर गरे । अंकको अन्तरले गर्दा ग्रिनफिल्ड हारेपनि सेमिफाईनलमा प्रवेश गरेको छ ।

जुनियर ब्वाईजमै ब्राईट होराईजनले जनसेवालाई २१–१३ स्कोरले हराएको छ । ब्राईट होराईजनका लागि १३ स्कोर गरेका सन्देश खेलको सर्वाधिक स्कोरर बने ।
७ गते सम्म चल्ने प्रतियोगितामा विभिन्न २५ वटा उपत्यकाका विद्यालयहरुको सहभागिता छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।