गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई 

0
Shares

काठमाडौँ । 

प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार  निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन र उनको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

काउन्सिलले अन्य सञ्चारकर्मीलाई पनि विभिन्न विधामा पुरस्कृत गरेको छ । पुरस्कार आगामी ६ असोजमा प्रेस काउन्सिल स्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने कार्यक्रम रहेको काउन्सिलले जनाएको छ ।