मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

0
Shares

रौतहट ।

मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।